अख्तियारले आफ्नो तरिकाले काम गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कामना गरेर मात्र नहुने अनि कसैले आएर नबनाइदिने भएकोले आफ्नो देश आफैँले आफ्नै प्रयासमा बनाउनुपर्ने बताएका छन।

मोरङको जीवन विकास लघुवित्तले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार उद्घाटन गर्दै प्रम ओलीले जीवन विकासले जस्तै गरी आफ्नै प्रयासमा देश आफैँले बनाउनुपर्छ भनेका हुन्।

साथै उनले पतञ्जलीको जग्गा विवादमा माधव कुमार नेपालको नाम जोडिएको र अख्तियारले गरेको कार्यलाई उदृत गर्दै खियार कुनै व्यक्तिगत संस्था नभएकाले उसले आफ्नो तरिकाले काम गर्ने बताएका छन् ।