नेपाल आइडल सिजन ६ को अडिसनदेखि अहिलेसम्मको यात्रामा सिन्धुपाल्चोककी सुन्दरी तथा प्रतिभाशाली गंगा सोनमले दर्शक तथा निर्णायकको मन जित्न सफल भएकी छिन्।
उनको गीत गाउने शैली र आवाजलाई सुन्न दर्शकले कुरेर बस्ने जानकारी प्राप्त भएको छ । निर्णायकहरूले ‘आर्गानिक’ भन्दै खुलेर प्रशंसा गरेका छन्। उनले गीतमा कुनै बनावट नराखी, आत्माबाटै गाएको महसुस हुने स्वरको कारण जजहरूले उनलाई सम्मान गरेका छन्।
गङ्गा सोनमको स्वर, सरलता, लजालुपन र गीत प्रस्तुत गर्ने शैलीले दर्शकहरूको मन छोएको छ। सामाजिक सञ्जालमा उनको चर्चा तीव्र रूपमा बढ्दै गएको छ। त्यसमाथि कार्यक्रमका जर्ज न्युह बर्जाचार्यले त तिमीलाई कतै रचना जस्तै देखिरहेछु भनेपछि गंगा लाई रचना रिमाल जसरी हेरिएको छ धेरैले उनलाई नयाँ रचना रिमालको अवतार भनेर तारिफ गरिरहेका छन् ।
नेपाल आइडलको स्टेजमार्फत उदाउँदै गरेकी गङ्गा सोनम नेपाली संगीत क्षेत्रमा एक चम्किलो भविष्य बोकेर अघि बढिरहेकी छन्। उनका हरेक प्रस्तुति अब दर्शकहरूका लागि प्रतीक्षाको विषय बन्न थालेको छ।तथा सामाजिक सञ्जालमा नेपाल आइडलको यस सिजनको ताज उनले नै पहिरहे आकलन गरिएको छ । नेपाल आइडलामा आउनु अगावै गंगाले लोक गीतहरूमा आवाज भरिसकेकी थिइन । को जन्मस्थान सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका हाल वडा न १० रहेको छ ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            