रिलायबल नेपाल लाइफ इन्स्योरेन्स को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश प्रयोजनार्थ भोलि जेठ २६ गते बुक क्लोज गर्दैछ ।

त्यसैले आजसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् ।कम्पनीको साधारणसभा भने असार २ गते,बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि गरि कुल १२दशमलव ६३ प्रतिशत लाभांश पारित गर्नेछ ।