काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टीका उपसभापति डि.पी. अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष रवि लामिछानेको प्रस्तावमा सोमबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा उक्त निर्णय अनुमोदन गरेको हो । बैठकले अर्याललाई सभामुख पदका लागि आधिकारिक उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
संसदीय दलभित्रको छलफलपछि नेतृत्व चयन प्रक्रियामा एकमत कायम गर्दै यो निर्णय गरिएको बताइएको छ । पार्टीले प्रतिनिधिसभाको आगामी कार्यदिशा र संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन सक्षम नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
