एजेन्सी । चिनियाँ विद्युतीय सवारी निर्माता विवाइडीले ‘फ्ल्यास चार्जिङ’ प्रविधिको सहयोगमा तिब्र गतिको चार्ज प्रयोगमा ल्याएको छ । उक्त प्रविधिले ९ मिनेटमा ९७ प्रतिशत चार्ज गर्छ ।

यो नयाँ प्रणालीले चार्जिङ गतिको पुरानो सीमा तोड्न उच्च–भोल्टेज पावर प्रयोग गर्दछ । गर्मीमा यो अझ छिटो हुनसक्छ किनकि ब्याट्री न्यानो हुन समय चाहिँदैन।

कम्पनीका अनुसार एक कप कफी पिउन जति समय लाग्छ, कार अर्को ६०० किलोमिटर गुड्न तयार हुनेछ ।
उक्त ऊर्जा भण्डारण सुविधाले विशाल पावर बैंक जस्तै काम गर्छ । यसले डाउन–टाइमको समयमा चुपचाप बिजुली भण्डारण गर्छ ।

विवाइडीका अध्यक्ष वाङ चुआनफु भन्छन्,‘हाम्रो ‘फ्ल्यास चार्जिङ’ सामान्य सार्वजनिक चार्जिङको तुलनामा पावर उपयोगमा १० गुणा सुधार हासिल गर्दछ।’

बीवाइडीले यस वर्षको अन्त्यसम्ममा २०,००० ‘फ्ल्यास चार्जिङ’ स्टेशनहरू खोल्ने अपेक्षा लिएको छ । शहरी क्षेत्रहरूमा चालकहरूले प्रत्येक पाँच किलोमिटरमा एउटा स्नेशन फेला पार्न सक्ने छन् ।

चीनमा अहिले २ करोड १० लाखभन्दा बढी चार्जिङ पूर्वाधार एकाइहरू छन्, जुन वार्षिक रूपमा लगभग ५० प्रतिशतले वृद्धि भएको छ ।
यो विशाल नेटवर्कले देशको चार करोड नयाँ ऊर्जा सवारी साधनहरूलाई समर्थन गर्दछ। (सीसीटीभीप्लस)