प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक दृष्टिकोण

प्रधानमन्त्री बालेन शाहले बुधबार विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन्। आज मध्याह्न १२ बजेपछि राजदूतहरूसँग सामूहिक छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ दिपा दाहालले जानकारी दिइन्।

उनका अनुसार भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री पनि सहभागी हुनेछन्।

छलफलमा प्रधानमन्त्रीले देशको राजनीतिक अवस्था, सरकारका नीति, दृष्टिकोण र प्राथमिकताबारे राजदूतहरूलाई जानकारी गराउनेछन्।

विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै मुलुकको प्राथमिकता, सरकारको दृष्टिकोण बताउने अभ्यास यसअघि नरहेको भन्दै यसले नेपालको कूटनीतिक क्षेत्रमा नयाँ मानक स्थापित गर्ने छ।

सचिवालयका अनुसार यसअघि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, नेपालस्थित कूटनीतिक नियोगप्रमुख हरूले प्रधानमन्त्रीसँग भेटको प्रस्ताव पनि राख्दै आएका थिए। तर प्रधानमन्त्री बालेनले त्यसमा रुचि देखाएका थिएनन्।

प्रधानमन्त्री बालेनको विदेशी राजदूतहरूसँग सामूहिक रूपमा छलफल गर्ने र सामूहिक रूपमा नै दृष्टिकोण राख्ने योजना र तयारीअनुसार नै भेटघाटको कार्यक्रम तय गरिएको हो । जसले गर्दा द्वदेशिय व्यापार बढावामा सहज हुने अपेक्षा गरिएको छ ।