विदेशमा बस्ने नेपालीसँग नागरिकता विधेयकबारे छलफल

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐनमाथिको संशोधनबारे छलफल गरिएको छ ।

समितिको आज बसेको ७७ औं बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल थालिएको बताइएको छ ।

बैठक कानून,न्याय तथा मानव अधिककार समितिको सभाकक्ष, सिंहदरबारमा बसेको हो । छलफल कुरामा मात्र सिमित नहोस भन्ने अधिकांशको चाहना छ ।