कुमारी बैंकको ७ हजार ८८३ कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ८८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ । इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, काठमाडौं–२, टंगालमा पुग्ने गरी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।