दैलेखको सल्लेरिचौर सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा

काठमाण्डौ – दैलेखको सल्लेरिचौर सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा आएको छ । जिल्लाको साततला, आठबीस नगरपालिकाको १ र २ मा पर्ने वनको झन्डै ४० हेक्टर क्षेत्रफलमा लागेको आगो नियन्त्रणमा आएको हो ।

कर्णाली सब–डिभिजन वन कार्यलय, सशस्त्र प्रहरी बल र सामुदायिक वन समितिको समन्वयमा आगो नियन्त्रणमा लिइएको हो । गर्मीसँगै हावाहुरीको मौसम शुरू भएसँगै आगलागीका घटना बढ्न थालेका छन् । यो बेला जथाभावि आगो नबाल्न र बालेको आगो राम्रोसँग निभाउन कर्णाली सब–डिभिजन कार्यालयले अनुरोध गरेको छ ।