एपोलो हाइड्रोको आईपीओ बाँडफाँट, हजारौँ लगानीकर्ता लाभान्वित

  • Clock icon
    २०८३ बैशाख ११, शुक्रबार

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड को कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।

मागभन्दा निकै बढी आवेदन परेका कारण गोला प्रथा (लक्की ड्र) मार्फत शेयर वितरण गरिएको हो। जसअनुसार ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

कम्पनीले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। कुल निष्काशन रकम ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबर रहेको थियो।

आईपीओमा व्यापक आकर्षण देखिँदै कुल २७ लाख २७ हजार ११७ जनाले २ करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

उच्च आवेदनका कारण सीमित संख्यामा मात्रै लगानीकर्ताले शेयर पाएका छन् भने बाँकी आवेदकको रकम फिर्ता प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

  • Clock icon
    २०८३ बैशाख ११, शुक्रबार