साताको तेस्रो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २५८१ अंकले घटेर २७४४.६८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड १७ लाख ७३ हजार २३ कित्ता शेयर १ लाख १ हजार ४ सय ५९ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३ सय १३ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर १३ प्रतिशत भन्दा धेरै बढेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको २४ करोड १९ लाख रुपैयाँबराबरको शेर कारोबार भएको छ।
त्यसैगरि, पाल्पा सिमेन्ट कम्पनीको २० करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आजको कारोबारमा ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहमध्ये परिसूचक घटेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२४ प्रतिशत घटेको छ।
बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटेका छन्।
