मन्त्रालय पुनर्संरचनामा छलफल अघि बढ्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक बिहान साढे १० बजेका लागि बोलाइएको छ।

आजको बैठकमा मन्त्रालय मर्ज गर्ने तथा केही मन्त्रालय खारेज गर्ने सम्बन्धी खाकामाथि मुख्य छलफल हुने जनाइएको छ। सरकारको प्रशासनिक संरचना पुनर्संरचना गर्ने योजनाअन्तर्गत यो प्रस्ताव अघि बढाइएको हो।

प्रस्तावअनुसार हालका चार मन्त्रालय खारेज गर्ने तयारी रहेको छ भने अन्य ६ वटा मन्त्रालयलाई गाभेर नयाँ नामकरण गर्ने गरी अन्तिम चरणको काम भइरहेको बताइएको छ।

सरकारले प्रशासनिक खर्च घटाउने, कार्यक्षमता वृद्धि गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालय संरचनामा परिवर्तन गर्न लागेको हो। आजको बैठकले यससम्बन्धी निर्णय प्रक्रियालाई थप अघि बढाउने अपेक्षा गरिएको छ।