स्वदेशी-विदेशी लगानी विस्तार बिना आर्थिक गति सम्भव छैन : नरेशलाल श्रेष्ठ

Naresh-lal-Online-Thamn नरेश लाल eb-1500x800.jpg

काठमाडौं । नरेशलाल श्रेष्ठ ले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी लगानीसँगै विदेशी लगानी आकर्षित गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। उनले नेपालमा ठूला उद्योग तथा परियोजना भित्र्याएर हजारौँ युवालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ का वस्तुगत उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रको छाता संगठनका रूपमा महासंघले स्वदेशी लगानी प्रवर्द्धन मात्र नभई विदेशी लगानी भित्र्याउन पनि सक्रिय र प्रभावकारी पहल गर्नुपर्ने बताए। उनका अनुसार लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थायित्व र उद्योगमैत्री संरचना बिना आर्थिक गति सम्भव हुँदैन।

श्रेष्ठले स्वदेशी उत्पादन, कृषि आधुनिकीकरण र लगानी विस्तारलाई सँगसँगै अघि बढाउन सके मुलुकको अर्थतन्त्रलाई दिगो, सबल र रोजगारीमुखी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।