देशको पुरानो र एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीमा पानीको सतह घट्दै गएको छ ।
अहिलेसम्म इन्द्रसरोवरको पानीको सतह समुद्री सतहबाट १,४८६ मिटरमा झरेको छ ।
केही दिनयता पानी नपर्दा र गर्मी बढेसँगै विद्युत् माग उच्च हुँदा नियमित विद्युत् उत्पादन गर्नुपरेकाले सरोवरमा पानीको सतह घटेको बताइएको छ ।
विगतका दिनहरुमा पनि कुलेखानीमा बालुवाको सतह बढेको कारण ड्याम जोखिममा भएको जनाइएको थियो ।