दुर्गा प्रसाईं-३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पर्सा जिल्ला अदालतले उनलाई विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको बीरगञ्ज स्थित दियालो होटलबाट पक्राउ गरेर मंगलबार अदालतमा उपस्थित गराएको हो । प्रसाई वीरगञ्ज बजारमा रहेको गहवा माई मन्दिर दर्शन गर्न र त्यहाँ संरचना भत्काइएका मानिसहरुलाई सम्बोधन गर्न भन्दै पर्सा पुगेका थिए ।

प्रहरीले उनले सामाजिक सञ्जालमा अपशब्द बोलेको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

 

 

रातोपाटीबाट साभार