काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका लाखौँ नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोवाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सकिने भएको छ ।
भारतमा रहेका नेपालीहरूले Pashupati Pay App डाउनलोड गरी अनलाइन KYC प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा पैसा पठाउन सक्नेछन्। यसका लागि भौतिक एजेन्ट वा शाखा कार्यालयमा पुग्नुपर्ने छैन।हालसम्म धेरै सेवाग्राहीहरूलाई पैसा पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता थियो। तर Pashupati Pay App मार्फत अब सम्पूर्ण प्रक्रिया मोबाइलबाटै पूरा गर्न सकिनेछ, जसले समय र लागत दुवै बचत हुने र सुरक्षित र भरपर्दो तवरले नेपाल पैसा पठाउन सकिने छ ।
भारतको जुनसुकै स्थानबाट २४सै घण्टा नेपालका बैंक खाता र डिजिटल वालेटहरूमा सिधै रकम पठाउन सकिने Samsara Remit का डीजीएम राजीव पोखरेलले बताएका छन् । परम्परागत माध्यमहरूभन्दा कम लागतमा पूर्ण रूपमा सुरक्षित र वैधानिक तवरले नेपालमा पैसा पठाउन सकिनेछ।
साथै सेवा शुल्क (कमिसन) समेत प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम रहेको छ। नयाँ ग्राहकहरूका लागि पहिलो कारोबार (First Transaction) निःशुल्क रूपमा गर्न सकिने व्यवस्था पनि गरिएको छ। भारतमा करिब ३० देखि ३५ लाख नेपालीहरू रहे पनि हाल १०–१५ प्रतिशतले मात्र नेपाल पैसा पठाउन औपचारिक माध्यम प्रयोग गरिरहेको अवस्थामा यो सेवाले हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्न सघाउने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त Samsara Remit ले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटहरूमार्फत झन्डै दुई दशकदेखि सेवा प्रदान गर्दै आएको छ।