जनकपुर । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपािलका ०४ का २० वर्षिय अमन यादव र हंसपुर नगरपालिका ०६ का १८ वर्षिय सुधिर मुखिया रहेका छन् । उनीहरुको साथबाट पेस्तोसहित एक थान ९ एमएमको गोली त्यस्तै, ६.६५ एमएमको गोली एक थान र म्यागजिनसमेत बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जनालाई हिरातमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।