उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युननजिकै दुर्घटना भएको हो।
फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर छन्।
