स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आरोबरा हुने साताको तेश्रो दिन आज बुधबार दोहोरो अंकले गिरावट आएको छ ।
बजार परिसुचक १३.९५ अंकले घटेर २ हजार ७१२ दशमलब ५४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५१ प्रतिशत कम हो ।
कूल ३४६ कम्पनीको ५६ हजार ५४ कारोबारबाट ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ बराबरका १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
