कांग्रेसको नयाँ कार्यसमितिका सदस्यद्धारा आज शपथ

  • Clock icon
    २०८३ कार्तिक १३, बिहीबार

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

सभापति गगनकुमार थापाले आज विहिबार दिउँसो पार्टी मुख्यालय सानेपामा एक समारोहबीच शपथ खुवाएका हुन् ।

केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ उपसभापति विश्वप्रकास शर्मा,उपसभापतिहरू विनोद चौधरी,चन्द्र भण्डारी, पुष्पा भुषाल, मधु आचार्य महामन्त्री प्रदिप पौडेल, डिला संग्रौला र उदयशमशेर राणा सहभागी छन् ।

त्यस्तै, सहमहामन्त्री प्रतिमा गौतम, अजयबाबु सिवाकोटी,,मनोजमणि आचार्यको पनि उपस्थिति छ । असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट २३१ जना केन्द्रीय नेतृत्वमा निर्वाचित भएका थिए ।