आज नवलपरासीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्वमा आज मंगलबार बिहानैदेखि सवारी साधन अवरुद्ध भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको वैकल्पिक बाटो (डाइभर्सन) गएरातिको बाढीले बगाउँदा मंगलबार बिहान चार बजेदेखि नै त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

‘प्रहरीका अनुसार गएरातिदेखि भइरहेको वर्षाले विनयी खोलामा ठूलो बाढी आएकोले अहिले पनि बाढी डाइभर्सनमाथिबाट बगिरहेको छ। बाढी ठूलै भएकाले त्यहाँबाट तत्कालै गाडी चल्न सक्ने अवस्था छैन।

नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते भाँचिएपछि त्यस क्षेत्रमा गाडी सञ्चालनमा समस्या हुँदै आएको छ।