तेहरानमा विस्फोट

इजरायल र इरानबीच पाँचौ दिन पनि आक्रमण र प्रतिआक्रमण भैरहेका छन् । स्थानीय समय अनुसार मंगलबार बिहान इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको सीएनएनले जनाएको छ ।

इरानी राज्य सञ्चालित मिडिया एजेन्सी -आईआरएनएले यात्रुहरूको सुरक्षा र उडान सुरक्षाको लागि देशको हवाई क्षेत्र बन्द रहेको छ ।

गत शुक्रबार इजरायलको आक्रमणपछि इरानको हवाई क्षेत्र बन्द गरिएको छ र दुई देशले आक्रमण जारी राखेकाले उडानहरूले वैकल्पिक मार्गहरू अपनाएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ)ले इरानले फेरि एक पटक इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको आईडीएफले जनाएको छ । क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा शरण लिनु परेको छ ।

इरानी मिडियाले तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले ठूलो गोलीबारी गरेको छ।

शुक्रबार बिहान इजरायलले इरान, यसको आणविक प्रतिष्ठानहरूमा आक्रमण गरेपछि तनाव चुलिएको हो । इरायलले शीर्ष इरानी सैन्य अधिकारीहरूको हत्या गरेको आरोप छ।

मारिने उच्च पदस्थ अधिकारीहरूमा सशस्त्र बलका प्रमुख तथा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीपछि दोस्रो सर्वोच्च कमाण्डर मेजर जनरल मोहम्मद बाघेरी, इरानको प्राथमिक सैन्य बल इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर-इन-चीफ जनरल होसेन सलामी र सशस्त्र बलका उप(कमाण्डर इन चीफ जनरल घोलाम अली रशिद छन् ।

यसैगरी तीन आणविक वैज्ञानिकहरू इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरिदुन अब्बासी, सैद्धान्तिक भौतिकशास्त्री मोहम्मद मेहदी तेहरानची र तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष अब्दुल हमिद मिनोशर पनि मारिएका छन् ।

इजरायलले कसरी यति सटीकताका साथ छ इरानी शहरहरूमा आक्रमण गर्‍यो ? इजरायललाई कसरी थाहा भयो कि प्रमुख इरानी अधिकारीहरूको घर कहाँ छ र उनीहरू कहाँ सुतिरहेका छन् ? यो इजरायलले इरानको सुरक्षा प्रतिष्ठान भित्र निर्माण गरेको सूचनादाताको विशाल सञ्जालको कारणले हो।

इरानमा हत्याहरूको सूची धेरै लामो छ । इरानभित्र उपस्थित जासूसहरूका कारण हत्याहरूको लामो सूची र इरानको आणविक प्रतिष्ठानहरूमा बम विस्फोटहरूको श्रृंखला पनि छ, जुन इरानभित्र उपस्थित जासूसहरूको कारण सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इरानी जनरल कासिम सुलेमानीको ठेगानाबारे कसले जानकारी दियो, जसले गर्दा उनको हत्या भयो रु आणविक वैज्ञानिक मोहसेन फख्रीजादेहको हत्या उनको सही स्थानको बारेमा जानकारी चुहावट हुँदा भएको थियो।

१९ मे २०२४ मा, इरानका राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनको हत्या गरिएको थियो । इरानले आधिकारिक रूपमा यसलाई दुर्घटना भनेको थियो । तर यो दुर्घटना नभई हत्या भएको टिप्पणी हुने गरेको छ ।

यसपछि, ३१ जुलाई २०२४ मा, हमास प्रमुख इस्माइल हानियाको तेहरानको सबैभन्दा सुरक्षित क्षेत्रमा हत्या गरिएको थियो, त्यो पनि जब मसूद पेजेश्कियानले राष्ट्रपतिको रूपमा शपथ लिने तयारीमा रहेको रोयटर्सले जनाएको छ ।

लेबनानका हिज्बुल्लाह नेता हसन नसरल्लाह र इरानका जनरल अब्बास निलफोरौशानलाई पनि इजरायलले भग्नावशेषमा गाडेको थियो।

रईसीको हत्यापछि इरानलाई इजरायलमाथि आक्रमण गर्न पूरा दुई महिना (अक्टोबर २०२४) लागेको थियो ।