गृह मन्त्रालयले २१ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले १० जना प्रमुख जिल्ला अधिकारीको पनि फेरबदल गरेको छ।
जसमा डोटी, सिन्धुली, बैतडी, रोल्पा, जूम्ला, सल्यान, इलाम, डडेल्धुरा, भोजपुर र गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको छ।
यस्तै, अरु २ जिल्लाका सहायक सीडीओ पनि हेरफेर भएका छन्।
कसुरजन्य सम्पत्ति विभागका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर सरुवा गरिएको छ।