आज गुरही पर्व । थारु समुदायले यो पर्व मनाउँदैछन् ।
गुरिया या गुरहि भनेको कपडाको पुतली या खेलौना हो, छोरी मान्छेको प्रतिबिम्ब हुने गरि कपडा या अन्य घरेलुकुराले बनाइएको आकृति नै गुरिया मानिन्छ ।
अर्कोतर्फ गुरही भनेको पातलो पखेटा भएको पुतली जस्तै देखिने एक उड्ने किरा हो । कैलाली, कंचनपुर, बर्दिया, बाँके र देउखुरीमा यो किरालाई गुरही भन्दछन् । दाङ्गमा यसलाई झिङ्गौरा, नेपाली भाषामा गाइने किरा भन्दछन् ।
थारु सुमदयाको बसोबास रहेको नेपालका पश्चिमी जिल्ला, स्थानमा यसलाई गुरही पर्व भन्ने गर्दछन् भने कतिपय जिल्ला, स्थानमा यसलाई गुरिया पर्व भन्ने गर्दछन् ।
बाल सुलभ पर्व
गुरही गुरिया एक बाल पर्व हो भन्ने आशय त गुरिया को अर्थ बाटै स्पष्ट छ । यस पर्वमा दाजुभाइ र दिदीबहिनीबिचको प्रेमलाई उजागर गराउँछ ।
भाइ बहिनीबिचको माया प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदिबहिनीहरुले गुरिया फाल्ने गर्छन् र दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् । यस हिसाबमा यस पर्वमा गुरियाका रूपमा नराम्रा बानी र दुख्न कष्टलाई फाल्ने र एक आपसमा माया र स्नेह दर्साउने गरिन्छ ।
थारु परम्पराको महत्वपूर्ण हिस्साका रुपमा रहेको यस पर्वको नाममा बर्दिया राजापुरमा एउटा चोकको नाम नै गुरिया चोक नामारकण गरिएको इतिहास छ ।
यतिमात्र नभई धनगढिको क्याम्पस चोकलाई पनि गुरिया चोकको नाम चिनिन्छ । गुरिया पर्वको अवसरमा सबैजनालाई अनेक शुभकामना ।
हाम्रो पात्रोबाट साभार
