फ्रान्सका स्टार मिडफिल्डर पलले एक सिजनमै मोनाको छाडे

फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाकोसँगको सम्झौता अन्त्य गर्दै क्लब छाडेका छन्।

सन् २०२७ सम्म सम्झौता रहे पनि दुवै पक्षले तय गरेका लक्ष्य पूर्ण रूपमा हासिल हुन नसकेको भन्दै मोनाकोले सम्झौता समयअगावै टुंग्याएको हो।

२०१८ मा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ३३ वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा ६ खेल खेले।तीमध्ये ५ खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए।

ञमोनाको र यहाँको प्रतिनिधित्व गर्नु मेरो लागि अविस्मरणीय अनुभव रह्यो। मैले चाहेजति खेल खेल्न नपाए पनि क्लबको जर्सी लगाउने अवसरका लागि सधैं आभारी रहनेछु,झपोग्बाले भने।

युभेन्टसमा रहँदा डोपिङ प्रतिबन्धमा परेपछि पोग्बा लामो समय फुटबलबाट बाहिर थिए। उनले आफूबाट गल्ती भएको दाबी गरेका थिए।

खेलकुदसम्बन्धी अदालत (सिएएस) ले ४ वर्षको प्रतिबन्ध घटाएर १८ महिनामा सीमित गरेपछि उनी मार्च २०२५ मा व्यावसायिक फुटबलमा फर्किएका थिए।

मोनाको छाडेपछि पोग्बाको अर्को गन्तव्य मेजर लिग सकर ९एमएलएस० हुन सक्ने सम्भावना छ। उनीप्रति एमएलएस क्लबहरूको चासो रहेको बताइएको छ। यसअघि डिसी युनाइटेड र इन्टर मियामीसँग उनको नाम जोडिएको थियो।

तर पछिल्लो समय पोग्बालाई चोटले सताएको छ। गत साता इंग्ल्यान्डमा मोनाकोको प्रि(सिजन प्रशिक्षणका क्रममा उनलाई ह्यामस्ट्रिङ चोटलागेको थियो। यसले उनको सम्भावित स्थानान्तरणमा केही ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।

मोनाकोका सिइओ थियागो स्कुरोले पोग्बाको आगमनलाई महत्वाकांक्षी परियोजनाका रूपमा लिइएको बताए। अपेक्षित परिणाम नआए पनि पोग्बाको क्लब फुटबलमा पुनरागमनलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

ञनतिजा हामीले आशा गरेजस्तो भएन। तर यसले पोग्बाको क्लब फुटबलमा पुनरागमनका क्रममा देखिएको उत्साहलाई ओझेलमा पार्नु हुँदैन। उनी फेरि मैदान र व्यावसायिक फुटबलमा फर्कन सफल भए, जुन महत्वपूर्ण कुरा हो,झ स्कुरोले भने।

एजेन्सी