नेपाली हस्तकला प्रवद्र्धन गर्न इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग आईआरडीजीडी र नेपाल हस्तकला महासंघबिच समझदारी भएको छ । बुधबार आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा शर्मिला पराजुली ढकाल र महासंघका अध्यक्ष अध्यक्ष रवीन्द्र शाक्यले समझादरी पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै संस्थाले नेपाली हस्तकलालाई विश्वव्यापी ब्रान्ड बनाउन कूटनीति पहल र सहयोग गर्ने जनाइएको छ । सम्झौतापत्रको उद्देश्य आईआरजीडीडी र हस्तकला महासंघबिचको सहकार्यको रूपरेखालाई नेपालको हस्तकलाको प्रवद्र्धन, कारीगर सशक्तिकरण, अनुसन्धान, नीतिगत संवाद, र प्रभाव र दृश्यतालाई अधिकतम बनाउन प्रत्येक पक्षको तुलनात्मक शक्तिको लाभ उठाउन संयुक्त रूपमा अगाडि बढाउनु हो ।
सम्झौतापत्रले नेपालको हस्तकला क्षेत्रको प्रवद्र्धन र नेपालको अर्थतन्त्रको दिगो विकासलाई समर्थन गर्ने पक्षहरूको साझा अभिप्रायलाई प्रतिबिम्बित गर्नेछ । पछिल्लो समय नेपाल हस्तकला महासंघले हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न तथा सिपमुलक कार्यहरू गरी पुस्तान्तरणको विषयमा विशेष चासो दिइरहेको छ ।