काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) तथा यसमा आवद्ध संस्थाहरूले भोटेकोसी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १३ करोड रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गर्ने भएका छन् ।
बाढीले रसुवा, नुवाकोट लगायत जिल्लामा पुर्याएको ठूलो जनधनको क्षतिको पुनरभरण स्वरूप उक्त रकम सहयोग गरिएको हो । इपानका अनुसार विभिन्न जलविद्युत् प्रवर्द्धक, ऊर्जा उद्यमी, हाइड्रोपावर कम्पनी तथा समूहहरूबाट सङ्कलित कुल १३ करोड एक रुपैयाँ ७७ पैसा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ऊर्जा क्षेत्रका उद्यमीहरूले एकपद्धरूपमा यो सहयोग जुटाएको इप्पानले जनाएको छ ।