नेपाल ‘ए’ को अर्को हार

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

नेपाल ‘ए’ साउथ अस्ट्रेलियासँग १ सय ३८ रनले पराजित भएको छ। २ सय ६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १ सय २१ रनमै अलआउट भएपछि साउथ अस्ट्रेलियाले सहज जित निकालेको हो।

पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। जवाफमा नेपाल ‘ए’ का ब्याटरहरू साउथ अस्ट्रेलियाको बलिङसामु टिक्न सकेनन्।

नेपाल ‘ए’ का लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मयन यादवले २०, दीपकप्रसाद डुम्रेले १८ र अनिलकुमार साहले ११ रन जोडे। पवन सर्राफले ८ रन बनाए।

त्यस्तै त्रितराज दासले ४, रिजन ढकालले ४, युभराज खत्रीले ३ र लोकेश बमले १ रन बनाए। कुशल मल्ल र नारायण जोशीले खाता खोल्न सकेनन्।

साउथ अस्ट्रेलियाका एस जोन्सनले ३ विकेट लिए। सिजे थम्पसन र एच शिलरले समान २ विकेट लिँदा एच ज्याकब्स र एल ब्याङ्सले समान १ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ।

साउथ अस्ट्रेलियाका लागि डाउट्जी हुगेनबोजेमले १ सय ११ रनको शतकीय इनिङ खेले। उनले १ सय २२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। लाच्लान बाङ्ग्सले ४२ तथा जेरिसिस वाडियाले २९ रन बनाए।

नेपाल ‘ए’का लागि राशिद खानले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए। रिजन ढकालले ९।६ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए।

त्यस्तै नारायण जोशीले ४ ओभरमा १६ रन दिएर १ विकेट, पवन सर्राफले ८ ओभरमा २८ रन खर्चेर १ विकेट तथा लोकेश बमले ५ ओभरमा ३६ रन दिँदै १ विकेट लिए।

शाहब आलमले ५ ओभरमा १५ रन, युवराज खत्रीले ७ ओभरमा ४२ रन तथा दीपक डुम्रेले १ ओभरमा १० रन खर्चिए। उनीहरूले विकेट लिन सकेनन्।

नेपाल ए पहिलो एक दिवसीय खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको थियो।