चितवन गोल्डकप उद्घाटनमा बिएफसी र भुटान भिड्ने

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार

हानामी तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भोलि देखि सुरु हुँदैछ ।

आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिएफसी र भुटानको पक्षम फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ३३० बजे सुरु हुनेछ ।

त्यसअघि प्रतियोगिताको भरतपुर महानगरपालिकाका नगर प्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक धुर्व भुसालले जानकारी दिए । असोज ३ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, मलेसिया र भुटानका गरी ८ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार र विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक दिनको प्लेयर अफ दि म्याचले केल्मी चितवनको तर्फबाट ५ हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो चरणदेखि सेमिफाइनलसम्मको खेल हेर्नका लागि १ सय तथा फाइनलको लागि २ सय रुपैयाँको टिकट दर तोकिएको छ।