वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसिद जारी गर्न निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै व्यवसायीहरूलाई वस्तु बिक्री गरेको बिल वा रसिद क्रेतालाई अनिवार्य रूपमा वस्तु बिक्री गरेकै बेला जारी गर्न निर्देशन दिएको हो । उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ११ को ९६० बमोजिम वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिकी गरेपछि त्यसको बिल वा रसिद दिनुपर्ने व्यवस्था छ ।
यसका साथसाथै विभागले अब सामान एमआरपीमा भए नभएको समेत अनुसन्धान गर्न थालेको छ ।