आइएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता तथा कर्मचारीले आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । दुवै पक्षबिच ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार क्याबिन बेडमा ५० प्रतिशत, क्याबिनेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत छुट हुनुका साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्नेछैन ।
त्यस्तै, आइएमई लाइफका ग्राहकले हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विशेष सहुलियत पाउनेछन् । उक्त छुट सुविधा प्राप्त गर्न कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । साथै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस कम्पनीका सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
आइएमई लाईफ इन्स्योरेन्सले ग्राहकहरूको हितका लागि विगत देखि यी र यस्तै संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।