सर्पको डसाईबाट सुनसरी कोशी गाउँपालिकामा शनिबार बिहान एक जना बालिकको मृत्यु भएको छ। बिहान १०:३० बजेतिर आफ्नै घरको आँगनमा खेलिरहेको बेला सर्पको डसाईबाट कोशी गाउँपालिका वडा नं. ८ का नन्कु टोल बस्ने कासिम मियाँकी १२ वर्षे छोरी नबिजन खातुनको मृत्यु भएको हो।
दाहिने खुट्टाको घुडामुनि सर्पले डसेपछि तत्काल जिल्ला अस्पताल इनरुवा ल्याएर उपचार सम्भव नभएपछि कोशी अञ्चल अस्पताल विराटनगर लगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रवक्ता योगराज खतिवडाले बताए। बालिकालाई कुन सर्पले टोकेको भन्ने खुल्न सकेको छैन।