राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।
सादा पोशाकमा चोलेन्द्र शमशेरको सुरक्षा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो ।
‘एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरिएको हो’, आयोगले उल्लेख गरेको छ । आयोगले थपेको छ, ‘आयोगको टोलीलाई हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्न लागिएको हो।’
हिजो आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली पूर्वप्रधान न्यायाधीश जबरालाई भेट्न पुग्दा प्रहरीले भेट्न दिएको थिएन। भेट नदिएपछि आयोगको टोली फर्किएको थियो।
