पशुपति शवदाहगृह प्रकरणमा नाम जोडिएपछि पूर्व मन्त्री सुदन किराँती भन्छन

सुदन किराँती
पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह गृहमा अनियमितता प्रकरणमा आफू निर्दोष रहेको कुरा स्पष्ट पार्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सामाजिक सञ्जालमा लेख्छन् – “पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ ।
मेरो केही प्रश्न :
– यो विषयमा सामान्य चर्चा सुन्न साथ मैले तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानविनको माग गरेको तपाईहरुलाई थाहा छ ? उक्त विषयमा अनुसन्धान हुँदा सहयोग गर्नु मेरो कर्तव्य होइन ?
– नेपालको कानुनमा भ्रष्टाचार सम्बन्धी उजुरी हाल्ने अधिकार सबैलाई छ । यति सम्म कि, बेनामे पनि लाग्छ । सुदन किरातीलाई पनि उजुरी कसैले लगायो त्यो कुन ठूलो कुरा भयो ?
– सुदन किरातीलाई मात्र होइन उजुरी वडा अध्यक्ष देखी पूर्व प्रधानमन्त्रीहरु सहित लाखौं मान्छेलाई लागेको छ र यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र ?
– कसैले अख्तियारको दुरपयोग गरि कानुन विपरित काम गर्छ भने सजायको भागिदार बन्नै पर्छ । “भ्रष्टाचार देशको शत्रु हो” म स्पष्ट छु अर्को जुनीको मलाई विश्वास छैन । भ्रष्टचारी जस्तो पापीलाई यही जुनीमा सजाय दिनुपर्छ भन्नेमा म दृढ छु र सँधै रहि रहनेछु ।
धन्यवाद !