नवराज कुँवरको दाबी- क्यान महासंघको विवादमा आफूले कुनै गलत काम गरेका छैन

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्वअध्यक्ष नवराज कुँवरले महासंघमा आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन्।

नीति ३६५ मा असोज २२ गते क्यान महासंघ महासचिव भुर्तेल र पूर्वअध्यक्ष नवराज कुँवरको कदमले नै संकटमा : विधान मिचेर संस्थामाथि नियन्त्रणको प्रयास, साइबर ब्युरोमा उजुरी शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

कुँवरले ASOCIO को उपाध्यक्षका रूपमा साधारण सभामा सहभागी हुने विषयमा दुई महिनाअघि नै महासंघलाई लिखित जानकारी गराएको दाबी गरेका छन्। साइबर ब्युरोमा उजुरी पर्नु र आरोप प्रमाणित हुनु फरक विषय भएको उल्लेख गर्दै उनले आरोपको स्वतन्त्र परीक्षण गर्नुपर्ने बताएका छन्।

त्यसैगरी, महासंघको घरजग्गा कोषमा रहेको भनिएको करिब ३३ लाख रुपैयाँको हिसाबकिताब पारदर्शी रूपमा सार्वजनिक गर्न र आवश्यक परे निष्पक्ष छानबिन गर्न उनले माग गरेका छन्।

*यसअघि प्रकाशित समाचारमा केही तथ्य फरक परेकाले सच्याइएको छ। -सम्पादक

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार