सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा निवर्तमान क्षेत्रीय सभापति आइतमान तामाङले पद हस्तान्तरण गर्ने र नवनिर्वाचित क्षेत्रीय सभापति माननीय कृष्णकुमार तामाङ (समीर) ले पदभार ग्रहण गर्ने कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम २०८३ असोज २७ गते बिहान १० बजे मेलम्ची बजारस्थित पार्टी कार्यालयमा आयोजना गरिनेछ।
उक्त कार्यक्रममा पार्टीका अग्रज नेताहरू, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय तथा प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, गाउँ/नगर तथा वडा कार्यसमितिका सभापतिहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रमले पार्टीको संगठनात्मक जिम्मेवारी हस्तान्तरण तथा नयाँ नेतृत्वको कार्यभार ग्रहणलाई औपचारिकता दिनेछ।