समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ।

समितिले सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत पेस गरिएको मागदाबीको रकम हाल राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको जनाएको छ।

समितिका अनुसार बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएको विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन्। यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गरी उक्त नम्बरमा प्राप्त हुने ओटीपीका आधार…