आज फूलपातिको दिन अमेरिकी डलरको मूल्य घट्यो

मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले आज असोज ३१ अर्थात् अक्टोबर १७ तारिख शनिबार फूलपातिको दिनका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ।

शुक्रबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा थियो। हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य केही घटेको हो।

यस्तै आजका लागि युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिददर १०५रुपैयाँ ५६ पैसा, बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।