विश्व पोलियो दिवसको अवसरमा आज शनिबार नेपालका विभिन्न स्थान सहित रुपन्देहीको भैरहवामा निकालिएको ‘इन्ड पोलियो नाउ’ जनचेतना र्याली ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाद्वारा संयुक्त रुपमा आयोजित र्याली लुम्बिनी गेटबाट सुरु भइ बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंक रोड हुँदै देवकोटामा चोकमा पुगेर समापन भएको थियो ।
र्यालीमा प्रतिनिधिसभा सदस्य डा.लेखजंग थापासहित रोटरी तथा रोटर्याक्ट क्लबका साथै विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।