राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्।
हिजो बुधबार मात्र प्रधानमन्त्री बालेन्द्र शाह-बालेनसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख अर्याललाई भेटेका हुन्।
सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा उनीहरूबीच करिव आधा घण्टा छलफल भएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनसँगको भेटमा सरकारको समीक्षा, अध्यादेश, खगेन्द्र सुनारमाथिको अडियो प्रकरण र इनम सापकोटा कनेक्सन लगायतका विषयमा छलफल भएको थियो।
लगत्तै लामिछानेले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्की र प्रधानन्यायाधीस मनोजकुमार शर्माको इनमसँगको सम्पर्कलाई लिएर परामर्श गरिरहेका बेला रास्वपा सभापति लामिछानेले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।
