साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२० प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.४५ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ।
परिसूचक घटेपनि कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन्।
कुल ७४ हजार ५४ पटकको कारोबारबाट ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
