बालेनलाई ८ करोड पर्ने ल्याण्ड रोभर डिफेन्डर गाडी दिने मालपानी पनि प्रधानमन्त्रीसँगै दिल्ली जाने

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोली आइतबारदेखि गर्ने भारतको दुई दिने राजकीय भ्रमणमा उद्योग व्यवसायीहरुको ५२ जनाको टोली सामेल छ ।

हिजो बिहान बसेको क्याबिनेट बैठकले सरकारी टोलीसहित भ्रमणमा सामेल हुने निजी क्षेत्रका प्रतिनिधिहरुको नामावली अनुमोदन गरेको छ ।

दिल्ली जाने व्यवसायीहरुमा कमलकिशोर मालपानीका छोरा नितेश मालपानी पनि छन् ।

५२ सदस्यीय सूचीको ३९ औं नम्बरमा रहेका उनलाई व्यवसायीको दर्जा दिइएको छ । मालपानी करेन्ट चाउचाउ र त्रिमूर्ति इन्डस्ट्रिजसँग सम्बद्ध छन् । सुर्तीजन्य उद्योग चलाउने श्रीराम टोबाको पनि मालपानीकै कम्पनी हो ।

गत फागुनको आमनिर्वाचनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह-बालेनले चुनाव प्रचारमा प्रयोग गरेको आठ करोड रुपैयाँ पर्ने कालो रंगको ल्याण्ड रोभर डिफेन्डर गाडी मालपानीको थियो ।

विगतमा कमलकिशोरमाथि राजस्व र सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेको थियो ।

२०७६ मा श्रीराम टोबाकोले करोडौं राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर भएको थियो ।

उक्त कम्पनीको शेयर स्वामित्वमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समेत जोडेर गत असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो ।

कमलकिशोर र उनको कम्पनी नागरिकताको वैधता,गुणस्तरहीन उत्पादन र कम तौल जस्ता विषयले नेपालमा चर्चा आउँछ ।