लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।

सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

सुदूरपश्चिमले एक परिवर्तन गरेको छ । थरिन्दु रत्नायकेको स्थानमा सैफ जैब पहिलो रोजाइमा खेल्दैछन् ।

लुम्बिनीले पहिलो क्वालिफायर खेलेकै टिमलाई निरन्तरता दिएको छ ।

लुम्बिनी लगातार दोस्रो पटक उपाधि जपत्ने लक्ष्यमा छ । लगातार थेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम उपाधि खडेरी तोड्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।