समझदारीले युवाका किसानका खेतमा समृद्धिसँगै हातमा रोजगारी पुग्नुपर्ने प्रधानमन्त्री बालेनको जोड

प्रधानमन्त्री बालेन्द्र-बालेन शाहले पारस्परिक सम्मान अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल भारत सम्बन्धको अविच्छिन्न अङ्ग भएको बताएका छन् ।

दुई दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री शाहले दुई देशबिचको छलफलमा दूरगामी छलफल गरेको भन्दै नेपाल भारत सहकार्यका विविध क्षेत्रका साझेदारी र शिलान्यास गरेको बताए । त्यस्तै, उनले उक्त समझदारी र अघि बढाएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने बताए ।

‘युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ, विद्यार्थीका सपना नयाँ सम्भावना उद्यमीले बजार र लगानी विस्तार गर्न सक्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले उक्त समझदारीले नेपाल भारतको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरे ।