आज शनिबार अमेरिकन डलरको मूल्य भयो सस्तो

  • Clock icon
    २०८२ असार १४, शनिबार ०७:१९
मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्रा शुक्रबार पनि सस्तिएका थिए।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ।

अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि लगातार घट्दै आएको छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ १४ र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ३९ र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६१ र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ३४ पैसा थियो।

  • Clock icon
    २०८२ असार १४, शनिबार ०७:१९