असार १५ : शिक्षा विधेयक पारित गर्ने समयसीमा

शिक्षक प्रतिनिधिले आज सिंहदरबारमा पुगेर सम्बन्धित पक्षलाई विद्यालय शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा स्मरण गराएका छन्।

आज असार १५ आइतबार । विद्यालय शिक्षा विधेयक संसद्‍मा टेबुल गर्न माग गर्दै शिक्षकहरुले सिंहदबारमा पुगेर दबाब दिएका हुन्।

सहमती अनुसार नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै आइतबार सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिनुभयो ।

सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग यही असार १५ गते आजसम्म शिक्षा ऐन जारी गर्ने सहमति गरेको थियो। सोही सहमतीअनुसार शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोनल स्थगित गरेका थिए।

सहअध्यक्ष पराजुलीको नेतृत्वमा शिक्षकहरूको टोली आज बिहान सिंहदरबारमा पुगेको हो।