नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई गर्यो सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित विभिन्न संरक्षणका कार्यक्रमका लागि रु १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध संचालक अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन्।

उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ ।