दुई दशक लामो छलफल र बहस पछि नेपाली उद्योगी र व्यवसायीलाई विदेशमा लगानी गर्न सरकार सहमत भएको छ ।
दर्जनौ अध्ययन, अनुसन्धान र उच्च स्तरिय सुझाब तथा समितिहरु बनाएर विदेशमा लगानी गर्न दिनेबारे छलफल चलाएको सरकारले पहिलो पटक विधेयक मस्यौदा तयार पारेको छ ।
नेपाल राष्ट्र बैंकले तयार पारेको मस्यौदामा अहिले अर्थमन्त्रालयले काम गरिरहेको छ ।
नेपाल विश्व व्यापार संगघन (डब्लु टी ओ)को सदस्य भएदेखि नै स्थानिय उद्योगीहरुले विदेशमा लगानी गर्नको लागि माग गरेका थिए ।