नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले पार्टी महामन्त्री गगन थापामाथि केन्द्रीय समिति बैठकमा तीव्र आक्रोश व्यक्त गरेका छन् ।
टेरामक्स प्रकरणमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै उनले गगन थापाले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् ।
पार्टीले गभर्नर र आफूलाई साटेर स्वार्थ पूर्ति गरिएको भन्दै बस्नेतले गुनासो गरेका छन् ।
साथै बस्नेतले यसैगरि सबैलाई छानबिनको दायरामा ल्याउने हो भने कोही नबच्ने समेत बताएका छन् ।