पोखरादेखि डर लागेर भैरहवा विमानस्थलबाट भाग्न बाध्य योगेश

भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिमा बस्न सांसद योगेश भट्टराईले अस्वीकार गर्नुएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरूले प्रश्न उठाएपछि एमाले सांसद भट्टराईले नबस्ने घोषणा गर्नुभएको हो । अर्थात यसबाट बुझन् सकिन्छ, पोखरादेखि डर लागेर भैरहवा विमानस्थलदेखि भाग्न बाध्य योगेश ।

उहाँको ठाउँमा अच्युत मैनालीलाई संयोजक तोकिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । तर अरु सांसदले मान्न तयार नभएपनि

छिट्टै संयोजक तोकेर एक साताभित्रै प्रतिवेदन पेश गर्न सभापति पोखरेलले निर्देशन दिनुभएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न उठेका नेताहरूलाई समितिको संयोजक राख्न नहुने बताउनुभयो ।